Ads

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत, रमेश उप्रेतीदेखि प्रकाश सपुतसम्मको अभिनय (भिडिओ)


काठमाडाैं । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको गीत ‘फूलको वास्ना सरी’ सार्वजनिक गरिएको छ।

प्रहरीको पीडा र भावना समेटिएको गीतमा दीपक शर्माले संगीत भरेका छन्। गीतमा राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलले स्वर दिएका छन्।

भिडिओमा चारजना कलाकारहरूले प्रहरीको भूमिकामा अभिनय गरेका छन्। रमेश उप्रेती, प्रकाश सपूत, प्रियंका कार्की र बेनिशा हमाललाई भिडिओमा प्रहरीको भूमिकामा देख्न सकिन्छ।

‘गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ,’ गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्, ‘गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ।’

भिडिओलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन्। गीतको स्टोरी र भिडिओ कन्सेप्ट भने सरोज ओलीको हो।

श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडिओमा पवन सुस्लिङको छायांकन र सम्पादन छ।

Ads

सम्बन्धित पोष्टहरू