Ads

सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन्: एकीकृत समाजवादी


काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् गरेको निष्कर्ष निकालेको छ।

पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा सम्वाद गर्दै दबाबमूलक कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको नेकपा एसले जनाएको छ। पीडितसँग तत्काल अन्तरक्रिया गर्न भनिएको आफूलाई भेट्न आएका उपत्यकाका नेताको प्रतिनिधिमण्डललाई अध्यक्ष माधव नेपालले बताएका छन्।

काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका अध्यक्ष श्याम बस्नेत र ललितपुरका हरिकृष्ण थापा नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे नेताहरू गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसाललाई भेटेका थिए।

प्रतिनिधिमण्डलमा बागमतीका सांसद पनि उपस्थित थिए। योबारे आफ्नो औपचारिका धारणा सार्वजनिक गर्न भोलि अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू