काठमाडाैं । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) अदालतमा पुगेर आत्मसर्मपण गरेका छन्।
रुकुम जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गरेका हुन्।
सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।
२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए ।
कानूनतः केसी सांसदको उम्मेदवार समेत बन्नसमेत योग्य नभएको भन्दै उनको आलोचना हुँदै आएको थियो । उनी रूकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए ।
केसीलाई अदालतले सजाय सुनाएको विषय लुकाएर फरारकै अवस्थामा उम्मेदवार बनेर सांसद निर्वाचित भएको खुलासा सबैभन्दा पहिले नेपाल प्रेसले गरेपछि प्रहरीमाथि दबाब बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्