काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रिय विभाग किर्तिपुरको ६८ औं बार्षिकोत्स सम्पन्न भएको छ ।
आज(सोमबार) बार्षिकोत्सव कार्यक्रम त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता शिक्षाशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. शम्भु प्रसाद खतिवडाले गरेका थिए भने प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज घिमिरे, विशेष अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. केदार प्रसाद रिजाल,शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकी,विश्वविद्यालय क्याम्पस प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्रबहादुर राई, शिक्षा शास्त्र संकाय सहायक डिन प्रा.डा. शोभाकर कँडेललगाएतको विशेष अतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज घिमिरेले क्याम्पसको गुणस्तर अभिबृद्धि नै आजको आवश्यकता रहेको र त्यसका लागी विश्वविद्यालय अनुदान आयोगसाथमा रहेको बताए ।
साथै बर्तमान अवस्थामा शिक्षालाई प्रविधिमैत्रीमा जोड दिन उपयुक्त हुने तर्क दिए । विभागको व्यवस्थित भौतिक पूर्वाधार समेत रहेकोले थप नयाँ कार्यक्रम सञ्चालन गर्दै अगाडी बढ्न शुभकामना दिएका थिए ।
विभागका प्रमुख प्रा.डा खतिवडाले विभागको बार्षिक गतिबिधीको जानकारी दिदै यस विभाग त्रिभुवनविश्वविद्यालय भन्दा जेठो विभाग हो । सुरुमा शिक्षकलाई तालिम गराउन स्थापना भएको कलेज अफ एजुकेशन पछि विश्वविद्यालयमा गाभियो । यस्तो स्वर्णिम इतिहास बोकेको यो विभागमा अहिले चुनाैतिका साथै अवसर पनि रहेको बताए ।
विभागले बार्षिकोत्सव कार्यक्रमको अवसरमा सेवा निवृत कर्मचारी, ४७ जना विद्यावारिधि उपाधि प्राप्त प्रा.डा.र २० जना दर्शनाचार्य उपाधि प्राप्त सहप्रध्यापकलाई सम्मान गरेको हो ।
बार्षिकोत्सवको अबसरमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित महिला भलिवलमा प्रथम स्थान हासिल गर्ने सफल छात्राहरुलाई सिल्ड, नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
बार्षिकोत्सव समारोहका अध्यक्ष तथा शिक्षाशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. खतिवडाले सम्पूर्ण उपस्थित अतिथीहरुलाई धन्यबाद व्यक्त गरेका थिए । छात्राहरुबाट नृत्य तथा बिभिन्न प्रतिभाहरु समेत प्रस्तुती गरिएको उक्त कार्यक्रमलाई सह-प्रा.डा. अमृतकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यार्थी, प्राध्यापक कर्मचारी, अभिभावक, संघसंस्था प्रतिनिधी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्