Ads

२०८१ भदौ २६ गते बुधवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

 वृष ( इवाविवुवेवो )आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ ।

 मिथुन ( काकिकुकेकोहा )परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध अझै बढाउने समय रहेको छ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

 कन्या ( टोपापिपुपेपो )आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

 तुला ( रारिरुरेरोतातितुते )आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

 धनु ( येयोभाभिभुधाफाढाभे )चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्, तर स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज कुनै कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ र वैदेशिक कार्यमा पनि जानेछ ।

 मीन ( दिदुदेदोचा, चि )प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू