काठमाडौं । बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान करिब साढे १० बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।
ओली र प्रचण्डबीच भेटवार्ता चलिरहँदा भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका स्रोतले जनाएको छ। ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी चलेपछि देउवा पनि पुगेका हुन्।
अहिले तीन नेताबीच छलफल चरिहेको छ। आज बिहान काठमाडौँको नैकापमा पुगेका प्रचण्ड त्यहाँबाट सिधै ओलीलाई भेट्न बालुवाटारमा पुगेका हुन्।
अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल चरिहेको स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्