Ads

‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म माओवादीले संसद अवरोध जारी राख्ने


काठडमाडाैँ । नेकपा माओवादी केन्द्रले संसद् अवरोध जारी राख्ने भएको छ।

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरूको छलफलमा पनि बैठक निष्कर्षमा पुग्न नसकेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हामी छलफलकै क्रममा छौँ, माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खाली शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धको भाव, त्यहाँ व्यक्त भएका विषयवस्तुसँग यो सम्बन्धित छ। त्यसकारण हाम्रो दलले अवरोध जारी गर्ने निर्णय गरेको छ।’

पाण्डेले आफूहरू छलफलकै क्रममा रहेको र पार्टीको संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताए।

उनले भने, ‘यहाँ भएको विषयवस्तु आफ्नो दलमा लगेर राखिदिन्छु। यतिन्जेलसम्म दलले जुन निर्णय गरेको छ, त्यसैअनुसार लैजानेछौँ। केही समय छलफल गर्नुस् न त भनेर सम्माननीयज्यूले निर्देश गरिसकेपछि यहाँ छलफल भएको विषयवस्तु आफ्नो दलमा लैजान्छु।’

उनले संसद्‌मा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा शब्दमा मात्रै नभइ समग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाए।

Ads

सम्बन्धित पोष्टहरू