Ads

राससकर्मी पराजुली सम्मानित


काभ्रेपलाञ्चोक । सञ्चारकर्मको माध्यमबाट समाजमा योगदान पु(याएको भन्दै इँटा उद्योग व्यवसायीको साझा संस्था नेपाल इँटा उद्योग महासङ्घले राष्ट्रिय समाचार समिति ९रासस० का समाचारदाता राजकुमार पराजुलीसहित चार पत्रकारलाई सम्मान गरेको छ ।

आज काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको महासङ्घको १६औँ वार्षिक साधारणसभाको अवसरमा उनहरुलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे।

पत्रकारिताको माध्यमबाट समाजमा शिक्षा, स्वास्थ्य, कला, संस्कृति एवं पर्यावरण विषयमा लामो समयदेखि समाचार लेखन, प्रकाशन र प्रसारण गरी आम नागरिकलाई सुसूचित गर्दै जिम्मेवार सञ्चारकर्मीको भूमिका निर्वाह गरेको भन्दै उनहरुलाई सम्मान गरिएको महसङ्घले जनाएको छ ।

सम्मानित हुनेहरुमा पराजुलीसहित वरिष्ठ साहित्यिक पत्रकार एवं जनमत मासिकका सम्पादक मोहन दुवाल, प्रभातफेरी साप्ताहिकका सम्पादक ईश्वरी राजकुमार मैनाली र काभ्रे सन्देश साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक शिखर चिमोरिया रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू