Ads

२०८१ असोज १ गते मंगलवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

 वृष ( इवाविवुवेवो )आज कुनै कुराले मन प्रसन्न रहनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

 मिथुन ( काकिकुकेकोहा )आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । भूमिबाट पनि लाभ रहला ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज फजूलको धन खर्च हुनसक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

 कन्या ( टोपापिपुपेपो )नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

 तुला ( रारिरुरेरोतातितुते )धार्मिक कार्यमा सरिक भइने छ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आस मारेको काम बन्न सक्छ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनवास्यक यात्रा रहला, तर मित्रबाट साथ र लाभ मिल्नेछ साथै सन्तान सुख पनि मिल्नेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज पारिवारिक साथ, जमघट र समर्थन पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

 मीन ( दिदुदेदोचा, चि )दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर आफन्तको साथ पाइनेछ ।

Ads

सम्बन्धित पोष्टहरू