Ads

आजकाे माैसमः केही भागमा भारी वर्षाकाे सम्भावना


काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । हाल देशभर आंशिक बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू