Ads

आजदेखि सोह्र श्राद्ध सुरु (भिडियो)


काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । सोह्र श्राद्धको अवसरमा गोकर्ण, पशुपति क्षेत्रलगायतका तीर्थस्थलमा श्राद्ध गर्नेहरूको भीड रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू