Ads

२०८१ असोज ३ गते बिहिवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन विचलित रहला ।

 वृष ( इवाविवुवेवो )आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

 मिथुन ( काकिकुकेकोहा )आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्छ ।

 कन्या ( टोपापिपुपेपो )आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । राजनैतिक कार्यमा र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

 तुला ( रारिरुरेरोतातितुते )आज स्वइच्छा र स्वादिष्ट भोजन पाइनेछ । सामाजिक संस्थाबाट सहयोग पाइनेछ । बोलीको प्रभाव बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै कार्य सम्पदनमा समस्या आउला ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख मिल्नेछ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

 मीन ( दिदुदेदोचा, चि )आज पुराना र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

 

Ads

सम्बन्धित पोष्टहरू