Ads

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान


काठमाडाैं। प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतविरुद्ध उजुरी मागिएको छ ।

गत सोमबार संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस भएका राउतउपर आज संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी आह्वान गरेको हो ।

समिति बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने गरेको प्रस्ताव पारित भएको छ । त्यसपछि उनले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन् ।

भदौ ३१ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायधीश सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सुनुवाई समितिले अष्ट्रेलिया र बेल्जियमका प्रस्तावित राजदूत क्रमश: चित्रलेखा यादव र सेवा लम्सालविरुद्ध पनि समितिले उजुरी मागेको छ ।

Ads

सम्बन्धित पोष्टहरू