Ads

महिला फुटबलः एपिएफ विजयी


काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो ।

प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अङ्क जोडेको छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा छ । एपिएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू