Ads

२०८१ असोज ५ गते शनिवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

 वृष ( इवाविवुवेवो )गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

 मिथुन ( काकिकुकेकोहा )आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

 कन्या ( टोपापिपुपेपो )निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

 तुला ( रारिरुरेरोतातितुते )न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा पनि वृद्धि हुनेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । यात्रा गर्दा सचेत रहन पर्नेछ । सामान हराउने पनि सक्छ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुनर्मिलनको योग पनि रहेको छ ।

 मीन ( दिदुदेदोचा, चि )आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू