Ads

रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ततकालीन महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगीमा मुछिएका पार्टी सभापति रवि लामिछानेको बचाउ नगर्न समर्थकहरूलाई आग्रह गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै पार्टीको मूल उद्देश्य विधिको शासन स्थापित गर्नु भएको भन्दै अपराधी, ठग, दलालहरूको संरक्षण नगर्न आग्रह गरेका हुन् ।

सहकारी ठगलाई ढाल बनाएर बचाउने कोसिस गर्नु दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन् । ढकालले पार्टी कार्यालयमा लुकेर बसेका ठगलाई कानुनी कारबाहीको लागि प्रहरीलाई बुझाउनुपर्नेमा जोड दिएका छन् ।

‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन, बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो,’ उनले लेखेका छन्, ‘पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानूनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ।’

सहकारी प्रकरणमा रविलाई समात्ने चर्चाबीच आइतबार पार्टीमा केही समर्थक भेला भएर नाराबाजी गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू