Ads

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता


वासिङ्टन डिसी अमेरिका। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेका छन् ।

उनहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू