Ads

उपभोक्ताले‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए


काठमाडौँ । नेपाल आहारपुरक सौन्दर्यवद्र्धक सङ्घ(एनएनसिए)ले आफ्नो पहिलो अधिवेशन यही असोज १२ गते आयोजना गर्ने भएको छ । देशभर ६ सय बढी न्युट्रास्युटिकललगायतका आहारपुरक आपूर्ति गर्ने व्यवसायी छन्

सङ्घद्वारा अधिवेशनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विप्लप रञ्जितले नेपालमा न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीको आयात र बजारीकरणमा आफ्नो सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिराखेको जानकारी दिए ।

उनले भने ,“आम उपभोक्ता तथा बिरामीलाई पोषणतत्वको अभावले विविध रोग लाग्न सक्ने र त्यसलाई रोक्न न्युट्रास्युटिकल्स प्रोडक्टको महत्व विश्वव्यापी रुपमा बढेको छ ।”

उनका अनुसार नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिई यस्ता सामग्रीको आयात र बजारीकरण भइरहेको छ । अध्यक्ष रञ्जितले भने, “न्युट्रास्युटिकल शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने आहारपूरक खाद्य हो । नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टाछुट्टै छ । यी निकायबीचको समन्वय नहुँदा पनि समस्या देखिएको छ ।”

व्यवसायीले उपभोक्ताले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिनसक्ने व्यवस्थाको माग गर्दै आएका छन् । “चिकित्सकले बिरामी हुनाको कारण पहिचान गरेर निकट भविष्यमा पुनः बिरामी नहोस् भनेर न्युट्रास्युटिकल प्रेस्क्राइब गर्दै आएका छन् कतिपय न्युट्रस्युटिकल रोगको उपचारसँगै दिइन्छ”, सङघका अध्यक्ष रञ्जितले भने, “बिरामीको शरीरलाई चाहिने जति पौष्टिकतत्व दाल, भात, तरकारी र मासुले मात्र पुग्दैन ।

यस्तो अवस्थामा न्युन्ट्रास्युटिकलले आहारपूरक खाद्यको पूर्ति गर्दछ ।” बिरामीको रोगप्रतिरोधात्मक क्षमता बढाउन चिकित्सकको सिफारिस एवं आफूलाई आवश्यक आहारपुरक सामग्री उपभोग गर्न सकिने सङ्घले जनाएको छ । सङघले आहारपुरक र सौन्दर्यप्रर्वद्धक व्यवसायलाई सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि व्यवसायीलाई एकत्रित गर्ने र बजारको अस्वस्थ्य प्रतिस्पर्धालाई रोक्न प्रतिबद्ध रहेको जनाएको छ ।

सङ्घले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रभावकारी कार्यान्वयन गर्न माग समेत गरेको छ । गत बैशाख २३ गते सो ऐन जारी भएको थियो । ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने नारालाई सङ्घले सार्थक बनाउने ध्येय राखेको सङ्घका महासचिव सुसान्त मुरारकाले बताए । उनले भने,“आम उपभोक्ताहरुले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ ।”

Ads

सम्बन्धित पोष्टहरू