Ads

२०८१ असोज १० गते बिहिवार, तपाईको र्दनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

 वृष ( इवाविवुवेवो )आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।

 मिथुन ( काकिकुकेकोहा )चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ पनि हुने समय छ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दानपुण्यका कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा रहला ।

 कन्या ( टोपापिपुपेपो )आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ ।

 तुला ( रारिरुरेरोतातितुते )आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाइनेछ ।

 मीन ( दिदुदेदोचा, चि )सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

Ads

सम्बन्धित पोष्टहरू