काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । याे हप्ता लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा पाँच सयले वृद्धि भएको छ । यस हप्ता आइतबार प्रतितोला एक लाख ५८ हजार एक सयमा कारोबार भएको छापावाला सुन साेमबारका लागि एक लाख ५९ हजार दुई सय निर्धारण भएको थियाे ।
मंगलबार भने एक लाख ५९ हजार सात सयमा काराेबार भयाे । बुधबार यसमा थप सात सयले बढ्दै एक लाख ६० हजार चार सयमा काराेबार भएकाेमा बिहीबार भने तीन सयले बढेर एक लाख ६० हजार सात सयमा काराेबार भएकाे छ । आज शुक्रबार पनि प्रतिताेला पाँच सयले बृद्धि हुँदै सुन एक लाख ६१ हजार दुई सयमा काराेबार भइरहेकाे छ ।
यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर छ। आज चाँदीकाे भाउ एक हजार नौ सय ५५ रुपैंयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्