मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । भौतिक साधन जुट्नेछन् । उत्साहजनक समाचारले मन प्रशन्न रहला । सन्तान पक्षको माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्ने प्रयत्न गर्नु हितकर हुनेछ । काम बिग्रने डरले सताइरहला । कृषि व्यवसायमा हुनुहुन्छ भने त्यसबाट सोचेको लाभ नउठ्न सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ चने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ कामको प्रस्ताव आउने समय छ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । निकटतम् मित्रको विशेष साथ प्राप्त होला । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): शुभता र आयबल वृद्धि हुनेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनावश्यक दौडधुप वृद्धि हुनसक्ने दिन छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बोलीको प्रभावले फाइदा उठाउन सकिने समय छ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । विशिष्टजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइने देखिन्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्ने योग रहेकोले सन्तुलित व्यवहार गर्ने प्रयत्न गर्नुहोला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय शुभदायी छ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ र, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि परिणाम तपाईंकै पक्षमा रहनेछ । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्