Ads

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक’:


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमाले)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको महासचिव शङ्कर पोखरेलले बताएकाछन्।

“ सम्माननीय प्रधानमन्त्रीले अमेरिकामा रहँदा गर्नुभएका मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगका अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उजिल्याउन मद्दत पुगेको छ”, उनले भने ।

बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय गरेको जानकारी उनले दिए ।

बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौँ जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताए । हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू