Ads

बालकथा : बुद्धिमान शिव


खाेलाकाे किनारमा घर बनाउनु हुन्न । खाेलाकाे किनारा पानीकाे हाे । मान्छे हिड्ने बाटामा केही अवराेध आयो भने मान्छेले बाटाेबाट मिल्काउँछ । हाे , त्यस्तै पानीले पनि आफ्नो बाटाेमा आएको अवरोधलाई मिल्काउँछ , र बग्छ ।’ स्कुलमा गुरूआमाले पढाएकाे याे कुरा शिवकाे मनमा खुब गढेकाे थियाे ।

शिवका बाबाले आफ्नो जग्गा खोला तिर बढाउँदै थिए । बाबाकाे याे काम उसलाई पटक्कै मन परेकाे थिएन् । अझ बाबाले खाेला नजिक घर बनाउने याेजना सुनाउँदा शिव हैरानीमा हुन्थ्याे।

राजुका बाबाले भने खाेलाकाे नजिकै घर बनाएका थिए । राजु निकै मख्ख थियो । फेरी अर्को दिन गुरूआमाले वर्षामा आउने बाढीपहिराे र त्यसले ल्याएको विनाशका बारेमा ‘खोलाका किनारा मिचेर बनाएका घरले प्रकृतिलाई कुरूप बनाउने । वातावरणीय असन्तुलन ल्याउने र अन्तमा एक दिन बाढीले घर बगाउने,’ बताउनु भयाे ।

उहाँले मान्छेलाई समेत बाढीले बगाउने बतनउनु भयाे । अझ एकपटककाे वर्षामा वस्तीमा बढी पसेर धेरै मान्छे मरेकाे कुरा पनि गुरू आमाले सुनाउनु भयो । गुरू आमाका कुरा सुनेको शिवलाई घर पुग्न हतार भयो । स्कूल छुट्टी भए पछि हतारहतार घर गएर आमालाई बगरतिर सारेको जग्गा छाेड्न आग्रह गर्यो ।आमाले उल्टो गाली पो गर्नु भयो ।

साँझ बाबालाई खोलाको किनाराको जग्गा छाेडेर रूख राेप्न निकै सम्झायो । बाबाले पनि उसका कुरा सुन्नु भएन । केही दिन पछि लगातार दुई दिन सम्म पानी पर्यो । खोला किनारामा बसेको वस्तीमा बाढी पस्याे । राजु लगायतका धेरैका घर बाढीले ढाल्याे ।धेरै मानिस वेपत्ता भए । धेरै मानिस हताहत भएका समाचारहरू आए ।

समाजमा खैलाबैला भयो । बाबाले खाेला किनारा तर्फ बनाएकाे जग्गामा त खाेलाे बग्याे । खाेलाका किनार त चिन्नै नसकिने भए । यस पछि शिबका बाबाले शिवलाई अंगालो मारेर धेरै बेर मौन बसे । छोराको बुद्धि देखेर आमा रोइन् ।
खोला किनारा हडप्नु हुन्न भन्ने कुरामा शिब स्कूलमा पनि वहस गरिरहन्थ्याे । वर्षामाकाे बाढी र त्यसले पुर्याएकाे ठूलाे क्षति पछि स्कूलमा शिबकाे गुरूआमाले निकै चर्चा गर्नु भयो । स्कूलम शिव त `हिरो´ बन्यो । अहिले शिबलाई ऊ बस्ने नगरपालिकाले वातावरण विषय पढ्न छात्रवृत्ति दिएको छ । शिवलाई वातावरण बिषय पढ्न खुब रहर पनि थियाे । राजुले पनि आजभोलि शिवलाई मिले साथी बनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू