Ads

मनसुनमा रोकिएको हट एयर बलुनको उडान नियमित


काठमाडाैं । मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हटएअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ ।

हटएअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।

कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हटएअर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ ।

कम्पनीले हाल २ वटा बेलुन उडाउँदै आएको छ। स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डर गरी दुई जना पाइलटले बेलुन उडाउँछन् ।

पोखराको पामेबाट हटएयर बेलुन उडान हुने बाडेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुकागरी दुई सिफ्टमा बेलुन उडाइँदै आएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर पुगेका व्यक्तिले हटएअर बलुनमा उड्न सक्छन् ।

बेलुन नेपालले आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकिय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना समेत गर्दैछ।

हटएअर बलुनमा उड्न नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्छ । यस्तै सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क कायम छ ।

शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म दुइतर्फी यातायात सुविधा, फोटो-भिडियो र प्रमाणपत्रसमेत पाइन्छ । पर्यटकले बलुन रिजर्भगरी प्राइभेट उडान गर्नसमेत पाउँछन् ।

Ads

सम्बन्धित पोष्टहरू