Ads

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता


काठमाडौं । धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।

यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा फेरि स्थगित भएको हो ।

छनौट समितिका अध्यक्षसमेत रहेका अधिकारी अर्थमन्त्रालयमा तोकिएको अन्वार्तास्थलमा अनुपस्थित भए ।

त्यसैगरी अन्तर्वार्ताका लागि सर्टलिस्टमा रहेका तीनैजना उम्मेदवार पनि शुक्रबार अर्थमन्त्रालय पुगेनन् । त्यसपछि दोस्रो पटकको अन्तर्वार्ता तालिकामा पनि स्थगित भएको हो ।

अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेप्सेका सीईओ कृष्णबहादुर कार्की सर्टलिस्टमा थिए ।

उनीहरू तीनैजनाले शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति गर्ने तालिका थियो । तर छनौट समितिका अध्यक्ष अधिकारी नै अनुपस्थित रहेपछि उम्मेदवारहरू पनि सहभागी नहुँदा दोस्रो पटक अन्तर्वार्ता रोकिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू