Ads

राष्ट्रिय सभा अध्यक्ष दाहालले भेटे राष्ट्रपति पौडेललाई


काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल शीतल निवास पुगेका छन्।

शुक्रबार उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका हुन्।

अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू