Ads

नवनियुक्त प्रधानन्यायाधीशले गरे पदभार ग्रहण


नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पदभार ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष शपथग्रहण गरेलगत्तै उनले सर्वाेच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई सर्वाेच्च अदालतका न्यायाधीश तथा कर्मचारीहरूले स्वागत गरेका थिए । राउतलाई आइतबारै राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए । यसअघिका प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उमेरहदका कारण अवकाशमा गएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।

संवैधानिक परिषद्ले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सो सिफारिस संसदको सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू