Ads

२०८१ असोज २१ गते सोमवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

 वृष ( इवाविवुवेवो )सामाजिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

 मिथुन ( काकिकुकेकोहा )आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज सामाजिक र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

 कन्या ( टोपापिपुपेपो )आज नयाँ कार्यको योजना बन्नेछ । बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहनेछ । प्रेम जीवन सफल र लाभदायक यात्रा पनि हुनेछ ।

 तुला ( रारिरुरेरोतातितुते )दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज शुभ र मङ्गल कार्यको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । कुनै कुराले मन प्रसन्न रहला र शेयर बजार लगायत आर्थिक क्षेत्र राम्रै रहला ।

 धनु ( येयोभाभिभुधाफाढाभे )प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन पनि विचलित रहनसक्छ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । कृषि कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

 मीन ( दिदुदेदोचा, चि )आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू