Ads

संघीय सरकारमा जानु भुल भयो, हाम्रै कारण मुख्यमन्त्री गुमायौं: रेशम चौधरी


काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले संघीय सरकारमा सहभागी हुन गल्ती भएको बताएका छन् ।

सोमबार आफ्नो जन्म दिनको सन्दर्भमा फेसबुक लाइभमार्फत् उनले आफ्नो निजी चाहना सरकारमा सहभागी हुने नभएको भन्दै संघीय सरकारमा सहभागी हुनु भुल भएको बताएका हुन् ।

‘महाधिवेशनबाट निर्वाचित अध्यक्षमात्र होइन, यो पार्टीलाई वीजारोपण गर्नेदेखि हुर्काउनेसम्मको दायित्व, आर्थिक, सामाजिक, नैतिक, भौतिक सबै प्रकारको बोझ मैले बेहोरेको छु, उनले भने,’ ‘ मेरो निजी चाहना सरकारमा सहभागी हुने थिएन । सरकारमा सहभागी हुने म्यान्डेट नै हामीलाई जनताले दिएका छैनन् । यो हामी कुनै पनि जनप्रतिनिधिले भुल्नु हुँदैन । सरकारमा जाने हामीसँग मत पनि छैन । सरकारमा सहभागी हुने जनताको मनको म्यान्डेट पनि छैन ।’

तर पार्टीका जनप्रतिनिधिहरूको व्यग्र चाहनालाई कहिलेकाहीँ बाध्यतावश स्वीकार गर्नुपरेको उनको भनाई छ । ‘मैले हाम्रो जनप्रतिनिधिहरूको चाहनालाई स्वीकार गर्दै अन्ततः हामी सुदूरपश्चिम लगायत संघको सरकारमा सहभागी भयौं । कत्ति ग¥यौं, गर्न सकेनौं; प्रदेश सरकारमा हामीले कत्ति गर्न खोज्यौं, ग¥यौं पनि,’ उनले भने ।

दोस्रो संस्करणमा हामी सरकारमा सहभागी हुनुहुँदैन भन्दा ठूलो तरंग पैदा भएको उनले बताए । ‘म मेरो मुद्दामा घोडाले टाप लगाएजत्तिको खडा थिएँ । राज्य सञ्चालनका कतिपय विषय रञ्जितालाई थाहा होला, रञ्जिता अन्जान छिन् । तर धेरै कुरा बुझेकी पनि छिन् । हो, त्यतिबेला सरकारमा सहभागी हुनु भुल थियो । त्यो हामीले अहिले स्वीकार ग¥यौं,’ उनले भने ।

साथै उनले पार्टीकै कमजोरीका कारण सुदूरपश्चिममा थारु मुख्यमन्त्री गुमाएको समेत बताएका छन् । उनले पार्टीका केही स्वार्थी सांसदका कारण सुदूरपश्चिम प्रदेश संसदीय दल विभाजित भएको र त्यही कारण मुख्यमन्त्री गुमेको आरोप लगाए ।

Ads

सम्बन्धित पोष्टहरू