Ads

अवरुद्ध कान्तिलोकपथ खुल्यो


काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध काठमाडौं-हेटौँडा जोड्ने कान्तिलोकपथ गए रातिदेखि सञ्चालनमा आएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिका–२ वगुवास्थित बागमती खोलामा रहेको पुलको केही भाग बाढीले बगाएपछि अवरुद्ध कान्तिलोकपथ मार्गमा सोमबार राति १०:३० बजेदेखि सवारीसाधन चल्न थालेका हुन्।

सडक खुलाउन २ स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन तथा च्यानलाइज गरिएको, ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरिएको, बागमती नदीमा करिब ४० मिटर लम्बाइको र्‍याम्प निर्माण गरी पुलसम्म सडक जोडेको सेनाले जानकारी दिएको छ।

यसैगरी ग्याबिन बक्स तथा बागमती नदीमा ह्युमपाइप राखेर अस्थायी सडक बनाइएको छ। साथै कान्तिलोकपथका अन्य स्थानमा पहिरो पन्छाउने क्रम पनि जारी रहेको सेनाले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू