Ads

२०८१ कार्तिक ४ गते आइतवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आँटेको र ताकेको कार्य पुरा होला । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । छोटो यात्राको योग पनि छ ।

 वृष ( इवाविवुवेवो )आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ, तर आज झुट बोल्न बाध्य पनि भइएला ।

 मिथुन ( काकिकुकेकोहा )लाभहानी, आयव्यय, बराबरी मध्यम खालको दिन छ । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवश्यक छ । आर्थिक लेनदेनमा समस्या देखा पर्ला ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफूले गरेको कार्यमा सफलता पाइनेछ, शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ ।

 कन्या ( टोपापिपुपेपो )जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्ला , तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

 तुला ( रारिरुरेरोतातितुते )महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी निकायको भय र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति पनि सजग रहनु होला ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनुहोला । कुनै कुराले चित्त पनि दुख्न सक्छ ।

 मीन ( दिदुदेदोचा, चि )आज सामाजिक कार्यमा मन जाला । मनपरेको खानेकुराका परिकार खान पाइनेछ । आत्मबल बढाएर काम गरेमा बढी सफलता ।

 

Ads

सम्बन्धित पोष्टहरू