काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।
बैठकका एजेन्डाबारे भने जानकारी गराइएको छैन। आजको बैठकमा रास्वपा सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउबारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ब्रिफिङ गर्नसक्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्