मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्य कामकुरामै समय ब्यतीत भएपनि आजको दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । व्यवसायिक कार्यमा राम्रै लाभ हुने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मनमा दोधारको अवस्था सिर्जना हुनसक्ने समय छ । आजको दिन स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु उचित हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): ब्यस्त रहनुपर्ने दिन छ । दुर्गमस्थान र टाढाको यात्रा हुने सम्भावना छ, तर आज अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त होला । मित्रजनका साथ मनोरञ्जनपूर्ण जमघट हुन सक्छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिका वा प्रेमीसँग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिणाममुखी काममा लगानीको समय छ । कल्पना र भावनामा केन्दित भइने योग रहेकोले कुनैपनि निर्णय संयमताका साथ लिनु हितकर हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्ने समय छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धन प्राप्त हुने सम्भावना छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन केही चुनौतीयुक्त रहला । पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । तथापि, स्वास्थ्य सबल रहनेछ र काममा पनि केही फाइदाकै योग छ । प्रतिकुलताका बाबजुद पराक्रम र उत्साह बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । पढाइलेखाइमा पनि प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन सोचेजस्तो अनुकुल नभएकोले हरेक कदम फुकी–फुकी चाल्नु उचित हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा ध्यान दिनु राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । तर, कसैसँग सामान्य विवाद पनि हुन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरूको चलखेल बढे पनि तिनलाई परास्त गर्न सकिनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्नेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध रहने योग छ । बन्दव्यापारबाट फाइदा हुनेछ, अर्थात् आर्थिक पक्ष सबल नै छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुने दिन छ । रमाइलो यात्राको सम्भावना छ र, त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ कामको जिम्मेवारी हातपर्ने समय छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्ने तथा अर्काको सेवामा लाग्नुपर्ने योग छ ।
प्रतिक्रिया दिनुहोस्