Ads

सत्तारुढ दलको बैठक सकियाे, प्रधानमन्त्री ओलीले आज तीन बजे सम्बोधन गर्ने


काठमाडौँ । आजका लागि प्रधानमन्त्री  केपी शर्मा ओलीले बाेलाएकाे सत्तारुढ दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको सय दिनका उपलब्धी र आगामी दिनमा गर्ने कामका बारेमा छलफल भएकाे छ ।

यसैबारे जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गरेको एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन् ।

आगामी दिनमा सरकारले गर्ने थप कामका बारेमा शुक्रबार सत्तारुढ दलको बैठक बसेर निर्णय गरिने उनले जानकारी दिए । बैठकपछि पोखरेलले रास्वपाका नेता कार्यकर्तालाई अदालतकाे निर्णय कुर्न र कुनै अवान्छित कार्यमा संलग्न नहुने आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू