Ads

२०८१ कार्तिक १० गते शनिबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रतिष्ठा, मान-सम्मान आदि पाइने समय छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । साथ दिनेहरू बढ्नाले परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रचनात्मक कार्य शुभारम्भ गर्न सकिने दिन छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । इच्छाशक्ति बढ्नेछ भने परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन पनि सक्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समाज वा समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारको सहयोगबाट काम बन्न सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने आतिथ्यपूर्ण सम्मान पाइएला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आयबल बढ्नेछ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ भने व्यवसायमा पनि फाइदाको योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । आम्दानी प्रशस्तै बढ्ने देखिन्छ । कृषिसम्बन्धी कार्यमा केही समस्या देखिए पनि धन आर्जन हुने योग छ । व्यावसायिक यात्राको सम्भावना छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय केही चुनौतीयुक्त रहेकोले महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्ने योग छ, सतर्कताका साथ व्यवहार गर्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बोलीको प्रभाव बढ्ने समय छ । ठीक मयमा सही निर्णय लिन सकिनेछ । मनमा केही डरको भाव रहेपनि विभिन्न अवसरले पछ्याउनेछन् । आश मारेको काम बन्ने सङ्केतले उत्साह जगाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । महत्वपूर्ण योजनामा गोपनियताप्रति विशेष ध्यान पुऱ्याउनु हितकर हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारजनसँग आत्मीयता बढ्ने समय भएपनि गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने योग रहेकोले बचेर काम गर्ने प्रयत्न गर्नुहोला । चोरी वा ठगीमा पर्नुबाट जोगिन विशेष सजगता अपनाउनुपर्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्नेछ । विभिन्न अवसर जुट्ने दिन भएपनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, बोलीमा लगाम लगाउनु उचित होला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ ।

Ads

सम्बन्धित पोष्टहरू