Ads

आजको मौसमः केही प्रदेशमा वर्षाकाे सम्भावना


काठमाडौँ । हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदली रहेको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना पनि छ ।

त्यस्तै राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू