Ads

सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौं । पछिल्ला केही दिनयता लगातार बढेको सुनको मूल्य आज भने केही घटेकाे छ ।आइतबार प्रतिताेला १ हजार ४ सयले बढेर हालसम्मकै उच्च विन्दु पुग्दै नयाँ रेकर्ड कायम गरेकाे सुनकाे भाउमा आज चार सयले गिरावट आएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनकाे मूल्य तोलाको एक लाख ६७ मा कारोबार भइरहेकाे छ । याे अघिल्लाे दिनकाे तुलनामा ४ सयले कमी हाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २ हजार ६५ रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू