Ads

वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै


काठमाडौँ, । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–१६० लाई आज सम्बोधन गर्ने भएको छ ।

वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने सम्मेलनमा मन्त्री शाहीले आज र भोलि अक्टोबर २९ तारिखमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गने कार्यक्रम छ ।

उनले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गर्नेछन् । मन्त्री शाही यही कात्तिक १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू