काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले बढेको छ । याे सँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य याे अहिलेसम्मकै उच्च हो । मंगलबार सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो ।
आज चाँदी पनि महँगिएको छ। चाँदी आज तोलाको १५ रुपैयाँले बढेर दुई हजार एक सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्