Ads

आज नेप्से १४ दशमलव ४३ अङ्कले घट्यो


काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४३ अङ्कले घटेकाे छ । यससँगै नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा झरेको छ ।

आज होटल, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, फाइनान्स, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स र लाइफ इन्सुरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय पाँच वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

Ads

सम्बन्धित पोष्टहरू