Ads

ह्वाइट हाउसमा दिपावलीको रमझम, हिन्दू मतदाताको मन जित्ने प्रयास


काठमाडौं ।  विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम दौड चलिरहेको बेला ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन तथा लक्ष्मी पूजा आयोजना भएको छ।

राष्ट्रपति भवनमा आयोजित दिपावलीमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि सहभागी थिइन्। ह्यारिस हिन्दू धार्मिक परिवारकी हुन्। राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावलीको उत्सव आरम्भ गरेका थिए।

दीपावलीमा करिव ६ सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी रहेको एजेन्सीहरुले जनाएका छन्। अमेरिकी राष्ट्रपति चुनावमा हिन्दु मतदाताको पनि ठूलो जनसंख्या रहेकाले ह्वाइट हाउसमा यसपटक हिन्दूको मन जित्न दिपावलीको विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ।

दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेन, राष्ट्रपतिका दुबै उम्मेदवार कमला ह्यारिस र डोनल्ड ट्रम्पले पनि अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन्। दीपावली अमेरिकामा कुनै धर्म भन्दा पनि दक्षिण एसियाली चाडका रूपमा मान्यता दिन थालिएको छ।

यस्तै बेलायतको सत्ताधारी र प्रतिपक्षी दुवै कित्तामा दीपावली लागेको छ। प्रधानमन्त्री केइर स्टार्मरले दीपावली प्रधानमन्त्री कार्यालयमै मनाएका छन्।

प्रतिपक्षी नेता तथा बेलायतका प्रथम हिन्दू प्रधानमन्त्री ऋषि सुनकले टोरिज दलको नेताबाट राजीनामा दिएका छन्। दिपावलीकै दिन नेता भएर सोहि दिन राजीनामा दिएको उनले बताएका छन्।

दीपावली सन्देशमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले भनेका छन, ‘ शुभ दिवाली।’

प्रधानमन्त्रीको निजी तथा कार्यालय दुवैको सामाजिक सन्जालबाट दीपावलीको शुभकामना सार्वजनिक भएको छ। अन्धकारलाई उज्यालोले जित्ने, सबै भेला हुने र प्रकाशको पर्व भन्दै प्रधानमन्त्री स्टार्मरले शुभकामना दिएका छन्।

Ads

सम्बन्धित पोष्टहरू