मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधुप बढेपनि बौद्धिक अभिव्यक्तिले महत्वपूर्ण अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । आयआर्जनका स्रोत बढ्नेछन् । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुने देखिन्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्ला । व्यापारमा विशेष फाइदा उठाउन सकिने समय छ । अध्ययनमा प्रगति हुनेछ भने पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । तर विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा सचेत रहनुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढेपनि आज महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन कामले धेरैको मन लोभ्याउन सकिनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य भने केही कमजोर रहनाले जाँगरमा कमी आउन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । वित्तादि लाभ हुने देखिन्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । मनोरञ्जनपूर्ण समय छ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । आफन्तबाट टाढिनुपर्ने समय छ । आयआर्जन राम्रै होला । यात्रागत कार्यमा सरिक हुनुपर्ने देखिन्छ, तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पारिवारिक सहयोग प्राप्त भएपनि दोधारको अवस्था सिर्जना हुनसक्ने समय छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले पनि सताउन सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुने समय छ । आजको लाभांश सञ्चय हुन भने नसक्ने देखिन्छ । सरसापट तथा दानचन्दामा खर्च हुने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कल्पना र भावनामा केन्दित भइने छ ।
प्रतिक्रिया दिनुहोस्