काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बैठक राखेको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणका सम्बन्धमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आगामी आइतबार बिहान ११ बजे बैठक राखेको हो । संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्