मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )बोलीको भरमा सोचेको काम बन्नेछ। आर्थिक पक्ष मजबुत रहनको साथै कार्यक्षेत्रमा हजुरको सल्लाहको प्रशंसा हुनेछ। रोकिएका कामहरूको शुरूवात हुनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ। नोकरीमा आधिकारिक वर्गबाट प्रशंसा र सहयोग मिल्नुका साथै आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको ध्यान राखौं।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )शत्रुहरूको प्रभाव बढ्ने छ। नोकरी वा पेशामा नयाँ प्रोजेक्टहरू मिल्ला। कार्यक्षेत्रमा अतिरिक्त काम गर्नुपर्ने हुन्छ। धन खर्चको योग छ। आ
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )आजका दिन व्यावसायिक योजनाहरू सफल रहनेछन् जसले गर्दा आत्मविश्वास बढ्ने छ। पठन-पाठनको लागि समय उत्तम रहेको छ। शत्रुहरू परास्त हुनेछन् ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आज हजुर भित्रबाट ऊर्जावान हुनुहुन्छ। समयभन्दा अघि काम पूरा हुनेछन्। शिक्षा वा प्रतियोगितात्मक क्षेत्रमा सफलता मिल्नेछ। समाजको माङ्गलिक कार्यमा सहभागी हुने प्रयास गर्नुहोला।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। अदालतमा चलिरहेको मुद्दा हजुरको पक्षमा आउने योग छ। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक भ्रमणको योग छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )आफन्तसँग रमाइलो भेटघाट हुनेछ। जीवनसाथी वा सन्तानलाई लिएर चिन्ता रहनेछ। नोकरी वा कारोबारमा दिन अनुकूल रहेको छ भने साँझ सम्म कुनै अप्रत्यासित लाभ मिल्ने योग छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )आजको दिन हजुरलाई सबै क्षेत्रमा सफलता मिल्ने योग छ। समाजमा प्रतिष्ठा बढ्नको साथै खान-पानको लागि धन खर्चको योग छ। वैवाहिक जीवन अनुकूल रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )आर्थिक पक्ष मजबुत रहनेछ। व्यापारमा पुरानो समयदेखि रोकिएका काम बन्नेछन् तर स्वास्थ्यलाई लिएर लापरवाही न गर्नुहोला । मित्रको सहयोगले लाभ मिल्नेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )गरेको कामबाट लाभ हुनेछ। आम्दनीका स्रोत बढ्नुको साथै स्वास्थ्य सबल रहनेछ। जानकारको सल्लाहले नै नयाँ निर्णयहरू लिनुहोला। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आज अचानक नयाँ काम नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। वाहन चलाउँदा सावधान रहनुहोस्। लामो दूरीको यात्रा गर्दाखेरि सामानको ध्यान राख्नुहोस्। भूमि-भवनको किनबेचमा कागजी कारबाहीमा ध्यान दिनुपर्ने हुन्छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आज छोटो समयमा ठूलो काम हात लागि पर्नेछ। हिम्मतले काम अगाडि बढाउनुहोला। लगनशीलतामा कमी नल्याउनुहोस्। उद्योग र व्यापारमा फाइदा मिल्नेछ। चलचित्र र मिडियाको क्षेत्रबाट लाभ मिल्नेछ।
प्रतिक्रिया दिनुहोस्