काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ।
सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको उनले बताए। ‘अध्यक्ष अन्य कार्यमा व्यस्त हुने भएकाले बैठक स्थगित गरेका हौं। भोलि बस्न सक्छ,’ उनले भने।
बैठकमा स्थानीय तह उपनिर्वाचनदेखि माओवादी केन्द्रले यसअघि तय गरेको पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायत विभिन्न कार्यक्रममा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्