काठमाडौं । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।
नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौंमा अवतरण गरेका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ ।
नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ ।
त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्