काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैंयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६४ हजार रुपैंयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने आज स्थिर छ। चाँदी आज एक हजार नौ सय ५० रुपैंयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्