Ads

३१ अंकले घट्याे नेप्से, ८ अर्बको कारोबार


काठमाडौँ । विहीबार नेप्से ३१ अंकले घटेको छ। नेप्से ३१.३१ अंकले घटेर २ हजार ६८० दशमलव ४४ को विन्दुमा पुगेको छ ।

आज कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख बराबरको कारोबार भएको छ।

आज सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रो को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको २५ करोड २४ लाख १० हजार बराबरको कारोबार भएको छ । सिटिजन म्युचुअल फन्ड १ को सबैभन्दा बढी ११ लाख ९८ हजार ३२१ कित्ता शेयर कारोबार भएको छ।

Ads

सम्बन्धित पोष्टहरू