काठमाडाैं । सभामुख घिमिरेले शनिवार साँझ कम्बोडियन समकक्षी तल्लो सदनले नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुखको सचिवालयले जनाएको छ।
पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट गरेका हुन । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ।
सभामुख घिमिरेले शनिवार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरेका छन।
भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ ओ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद दिएका छन ।
सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताए।
प्रतिक्रिया दिनुहोस्