काठमाडौं । आज सुनको मूल्य १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भन्सार दर घटाएपछि तोलामा १५ हजार ९ सय रुपैयाँ घटेको हो ।
आज प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा आइपुगेको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा बनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्